प्रिती झा

जनकपुरधाम ।

जनकपुरधाममा भएको विवाहपञ्चमि महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा नि शुल्क शिविरको आयोजना गरेको छ ।

विवाहपञ्चमि महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।
शौर्य सिमेन्टबाट आयोजीत उतm नि शुल्क शिविरमा दर्शनार्थिहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो ।

सेवा भावले आयोजना गरिएको उतm शिविरबाट १० हजार भन्दा बढि व्यतिmलाई सेवा प्रदान गरिएको विजय लक्ष्मी मिडिया फाउन्डेशका अध्यक्ष संतोष लाल दासले जानकारी  दिनुभयो । 

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टि सर्ट पनि बाँडिएको थियो ।

साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिनुभयो ।