प्रिती झा,

मधेशटप।

जनकपुरधाम ।

जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा जगदम्बा स्टिल र जगदम्बा सुपर शाईनले दर्शनार्थिहरुलाई सेवा प्रदानका निम्ती निशुल्क शिविरको आयोजना गरेको छ ।

जनकपुरधामको रामचौकमा आयोजीत उतम शिविरमा हजारौँ दर्शनार्थि एवं यात्रीहरुले उतम शिविरबाट सेवा लिएका छन् । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका दर्शनार्थिहरुले उतm शिविरमा गई चिया पानि खाई लाभ लिएका छन् ।

नेपालकै नं. १ रहेको जगदम्बा स्टिल र जगदम्बा सुपर शाईनले मिथिलाञ्चलको पवित्र पर्वमा आफनो सक्रियता जनाउँदै आयोजना गरेको उतम शिविरमा आफनो ब्रान्डको तर्फबाट झोला, टुमलेट, डायरि र कलम पनि बाँडेको थियो।

२५ वर्षको ईतिहास बोकेको यस जगदम्बा स्टिलले विजय लक्ष्मी मिडिया फाउन्डेशनसँगको सहकार्यमा यस वर्ष यस शिविरको आयोजना गरेको थियो साथै अगामि दिनहरुमा पनि यस्ता कार्यहरुमा जगदम्बा स्टिल र जगदम्बा सुपर शाईनले सहकार्य गरि अगाडि बढने जगदम्बा स्टिलका ब्रान्ड प्रतिनिधि सुशिल धिमालले जानकारी दिनुभयो ।