मधेशटप,

जनकपुरधाम :  नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४३९० मत गन्दा उनले २८२३ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ३ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा १००० बढी मत पाइसकेका छन् ।

थापाले २८२३ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १४५५ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन ।