सप्तरी । देशमा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा पिसीआर विधिबाट १६० र एन्टिजेन विधिबाट २४ जना गरी उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको

पछिल्लो चौबीस घण्टामा २६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।