मधेशटप ।

जनकपुरधाम। नेपाल जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा जनकपुरका मनोज साह निर्वाचित भएका छन् ।

 

पोखरामा सम्पन्न महाधिवेशनमा उपाध्यक्षमा साह ९ सय ६४ मत ल्याएर निर्वाचित भएको दीपक् गुप्ता ले जानकारी दिए ।

महाधिवेशनमा १ हजार २ सय ६८ मतदान भएको थियो । महाधिवेशनबाट १२ जना उपाध्यक्ष निर्वाचित भएकोमा साहले तेस्रो स्थान ल्याएका छन् ।

 

देश भर रहेका १ सय ६१ शाखाका प्रतिनिधिहरुले मतदान गरेका थिए ।

साह जनकपुर जेसीसमा समेत सभापति हुन् । उनी जेसीस जनकपुरको नेतृत्व गर्दै उम्मेदवारी दिएका थिए । साहलाई उपाध्यक्षमा जिताउन जनकपुर जेसीसका पधादिकारीहरु निकै सक्रिय देखिएका थिए ।