जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को महाविधेशनमा अहिले केही बेरपछि मतदान प्रक्रिया सुरु भएको छ ।

निर्वाचन समितिले बुधबार नै दिउँसो १ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रियामा मतपत्रको अभाव र दुई पक्षबीचको कुटाकुटलाई  मध्यनजर गर्दै विहिबार विहान ८ सम्मको लागि निर्वाचन प्रक्रिया सारेको थियो ।

 

जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा ६७ पदका लागि हुन लागेको मतदान प्रक्रिया ८ बजेदेखि नै भनिएपनि अझै औपचारिक रुपमा सुरु भएको छैनन् ।