मधेशटप,पौष ८ गते ।

जनकपुरधाम : कांग्रेस प्रदेश २ का १९ सय ३८ प्रतिनिधिमध्य १८ सय ८१ ले मतदान गरेका छन् । धनुषा र महोतरीको बुथमा ४६६ मतदाता अर्थात सबैले मतदान गरेका छन् ।

सिरहा र सप्तरीको बुथमा ४९४ मध्ये ४६५ प्रतिनिधिले मतदान गरेका छन् । यस्तै सर्लाही र रौतहटको बुथमा ४९० मध्ये ४८२ तथा बारा र पर्साको बुथमा ५०९ मध्ये ४६८ प्रतिनिधिले मतदान गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।