मधेशटप,

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी का नेता तथा प्रदेश नं २ का पूर्व समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रदेश २ को नाम मधेश प्रदेश राख्नुको विकल्प नरहेको बताएका छन ।

पूर्व राज्यमन्त्री शर्माले मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्न सर्वसमत निर्णय गर्न आग्रह गरेका छन ।

‘प्रदेशसभा मधेश आन्दोलनकै उपलब्धि रहेकाले नाम मधेश प्रदेश राख्नु पर्ने उहाँको भनाइ छ ।

मधेस आन्दोलनको क्रममा मधेशी जनताहरुले मधेश प्रदेशका लागी आफनो ज्यानको समेत प्रबाह नगरी आन्दोलन गरेको र कतिपय मधेसी जनताले मधेश प्रदेशकै लागी आफनो ज्यान समेत दिएको भन्दै सहिदको सपना सकार गर्नका लागी समेत यो प्रदेश को नाम मधेश प्रदेश हुनुपर्ने उहाँको भनाइ छ ।

तराइ मधेशमा मिथिला– भोजपुरा,जानकी प्रदेश का लागी आफुहरुले आन्दोलन नगरेको र मधेसी जनताको भावना समेत प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने रहेको भन्दै यसमा कसैलाई विरोध नगर्न उहाँले आग्रह गरेका छन ।

प्रदेशशभामा बोल्दै पूर्व राज्यमन्त्री शर्माले आफु र आफनो पार्टी मधेश प्रदेशकै लागी संघर्ष गरेको र अहिले पनि आफु लगायत अन्य नेता कार्यकर्ताहरु माथी मmुठा कर्तव्य ज्यानको मुद्घा रहेको भन्दै अहिले पनि आफु तारिखमा रहेको र कतिपय साथी अहिले सम्म फरार रहेको भन्दै मधेश आन्दोलनको एउटै भावना मधेसी जनताको चाहना अनुसारको मधेश प्रदेशको निर्माण रहेको उहाँले स्मरण गराएका छन ।

मधेश आन्दोलनको बेला आन्दोलनको मुल नारा नै अबकी बार मधेश सरकार रहेको र आन्दोलनको विचार समेत स्थापित गराउँनका लागी प्रदेश को नाम मधेश प्रदेशको विकल्प नरहेको उहाँको भनाइ छ ।

उहाँले विभिन्न पार्टीमा रहेका नेताहरुलाई समेत पार्टीको राजनितीबाट माथी उठेर मधेसी जनताको भावनाको कदर गर्दे प्रदेशको नाम मधेश प्रदेश राख्न आग्रह गरेका छन ।