महोत्तरी जिल्ला रामगोपलपुर  नगरपालिका वडा न. ६ विश्वम्भरपुरमा  बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत नेपाल राष्ट्रिय अधारभुत  विद्यालय विश्वम्भरपुरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय अधारभुत  विद्यालयका प्र.अ.किरन चौधरीको अध्यक्षता र प्रमुख अतिथि पुर्व प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा विशिष्ट अतिथि रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक मण्डल ,बिशेष अतिथि  समाजबादी महिला संघकी जिल्ला  अध्यक्ष पुनम यादव , जसपा नेपालका महोत्तरीका नगर इन्चार्ज सुरेश यादब   समेतको उपस्थिति रहेको थियो ।

सोमबार भएको एक समारोह आयोजन गर्दै कक्षा ९ मा अध्यनरत छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ९ मा अध्यनरत नेपाल राष्ट्रिय अधारभुत  विद्यालय बिश्वम्भरपुरमा १९ जना छात्राहरुलाई प्रदेश न. २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुश्वाहाले साइकल बितरण गरेका छन।