जनकपुरधाम । शितलहर र चिसोको कारण भोली मँगलबारदेखि एक स्थानीय तहको विद्यालयहरु बन्दको निर्णय गरेको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि लगतै रहेको धनुषाको लक्ष्मीनियाँ  गाउँपालिकाले भोली मँगलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अचानक बढेको चिसो र शितलहरको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मँगलबारदेखि अर्को सूचना नआएसम्म   विद्यालय बन्द गर्ने भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिका भित्र  सँचालनमा रहेको समुदायिक तथा सँस्थागत विद्यालयको प्रतिनीधिसहित शिक्षा शाखाको बैठकबाट भोली मँगलबारदेखि नै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नआएसम्म   बन्द नै  रहने  सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवद्धारा जारी गरिएकोले  सो सूचनामा भोलीदेखि सबै विद्यालय बन्द रहने जनाइएको छ ।