मधेशटप,

जनकपुरधाम  : केही दिनदेखि बढेको जाडो तथा शीतलहरका कारण प्रदेश २ मा दुईजनाको मृत्युु भएको छ । धनुषा र सप्तरीमा जाडोमा थरथराएर ज्यान गएको छ ।

 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर छन् ।

 

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले बताए  ।

 

यस्तै चिसोले थरथराएर  सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदा ज्यान गएको छ ।

 

जाडो बढेपनी स्थानीय तह र प्रदेश सरकारले त्यसकालागी केही  तयारी गरेको छैन ।