जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ  गाउंपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ।

लक्ष्मीनियाँ गाउँपालिकाका ४ वटा वडा अध्यक्षहरुको एक समुहले स्वास्थ चौकीमा तला बन्दी गरेका हुन्।

 

शाखामा कार्यरत कर्मचारी मनोहर यादवको सरुवा गरेको निहुँमा तालाबन्दी गरिएको हो ।

पालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तेज कुमार यादवको नातामा पर्ने मनोहर यादवलाई सरुवा गरिएकै निहुँमा तालाबन्दी गरिएको गापा स्रोतले जनाएको छ । वडाअध्यक्ष नातेदार भएपछि मनोमानी तरिकाले पटक–पटक अनुशासनहीन काम गर्दै विवादित बन्दै आएका मनोहरलाई गापाले केही दिन अगाडि स्वास्थ्य चौकी सपहीमा सरुवा गरिएकोमा आपत्ति जनाउंदै वडाअध्यक्षकै नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ ।

 

तेस्तै, मनोहरले स्वास्थ्य शाखामा कार्यरत कर्मचारी माथि समेत गालि गलौज गरेको थियो तर केहि दिन देखि तेहि शाखामा कार्यरत कर्मचारीहरु आफ्नो दुःख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि संकर यादव र पालिका अध्यक्ष विन्देश्वर यादब निर गएर आफ्नो दुःखहरु सुनाए। कतै कुनै तालिम हुँदा कसैसँग नसोधिकन आफ्नो मनमानी गरेर करारमा कार्यरत कर्मचारीहरुलाई पठाउने काम गर्थे तर तालिममा पठाउने काम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हुन्छ, मनोहरका लापरबाहीले गर्दा जनताहरु समेत दु:खमा छन्।

 

जाडाे मौसममा आएर जनप्रतिनिधीहरुले जनतालाई नै उल्टै

सहयोग गर्ने ठाउँमा पिडादिने गरेका छन्।जनताले निर्वाचित गराएका जनप्रतिनिधिहरुले समाजका लागि घातक बन्दै गएका छन्।जस्ता जनप्रतिनिधिहरुले समाजका लागी बिनासकारी नै रहेको स्थानीयहरुको भनाई रहेको छ।

 

जाडाेको मौसमको मुखमा आएर स्वास्थ्य जस्तो संवेदनशील संस्थामा तला बन्दी गरेर सर्बसाधारणलाई दुखदाई बनाउने कामले समाजमा नराकारात्म प्रभाव पर्ने गरेको छ्।समाज परिवर्तनमा वडा अध्यक्षहरुको भुमिका न्युन देखिएको छ।बिकासको ठाउँमा समाजमा बिनास नै गरीरहेको छ्।

 

स्वास्थ चौकीमा तला बन्दी गरेको वडा नं २ का वडा अध्यक्ष गणेश कुमार यादव, वडा नं ३ का अध्यक्ष तेज कुमार यादव, वडा नं ६ का अध्यक्ष उमेश यादव र वडा नं ७ का वडा अध्यक्ष गंगा साहले मन्मौजी गर्न नपाउँदा कार्यालयमा तालाबन्दी गरेका स्रोतले दाबी गरेका छन्।

वडा अध्यक्षहरुले स्वास्थ संस्थामा तालाबन्दी गरे समाज  र समाजलाई आंत्कीत गर्ने काममा जनप्रतिनिधिहरुले प्रोत्साहन गर्ने गरेको सेवा ग्राहीहरुको भनाई रहेको छ।

 

समाजमा उपचार बाट बन्चित रहेका समाज आर्जित भएका छन्। स्वास्थ चौकीमा तालाबन्दी गर्दा समाजले असुरक्षाको महसुस गर्ने गरेका छन्। उपचारकै कारण समाज हुन् सक्ने घटनाको जिम्मेवारी वाडा अध्यक्षहरुलाई नै लिनुपर्ने सेवा ग्राहीहरुको माग रहेको छ।