जनकपुरधाम । जनकपुरस्थित रेल्वे ट्रयाक साप्ताहिक सरसफाइ अभियान चौथो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा अभियानीहरुले रक्तदान कार्यक्रम गरेर तेस्रो वार्षिकोत्सव मनाएका हुन् ।

शनिबार वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । सुरक्षाकर्मी, सरसफाई अभियानी र यूवाहरुले रक्तदान गरेको बुझिएको छ ।

रेल्वे ट्रयाक सरसफाईको सुरुवात गरेकी अभियानी रुबी झाको अध्यक्षता र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको प्रमुख अतिथ्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।