मधेशटप डेस्क, पुस २६ गते ।

गोरखापत्रका ढल्केवर समाचारदाता विजयकुमार साहलाई पर्यावरण संरक्षण पुरस्कारसहित कदरपत्र प्रदान गरिएको छ ।

ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले गोरखापत्रकर्मी साहलाई नगद पाँच हजार र ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।

आइतबार ढल्केवरमा आयोजित पर्यावरण अभियन्ता स्वर्गीय दिलिपको दोस्रो स्मृति दिवसका अवसरमा प्रदेश २ सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले पत्रकार साहलाई सो पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो ।

चुरेको बिषयमा समाचार सम्प्रेषण गरेर पर्यावरण संरक्षणको कार्यमा योगदान पु¥याए वापत पुरस्कृत गरिएको प्रतिष्ठानका सचिव फुलगेन महतो मगहीले बताउनुभयो ।

उहाँले पर्यावरण संरक्षणको क्षेत्रमा कलम चलाउने एक जना सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएअनुसार छनोट समितिले गोरखापत्रकर्मी साहको नाम छनोट गरेपछि उहाँलाई सो पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।

पत्रकार साहलाई प्रदान गरिएको नगद राशी प्रदेश २ का सभासदस्य रामअशिष यादवले उपलब्ध गराउनु भएको थियो ।