मधेशटप डेस्क, पुस २७ गते ।

जनकपुरधाम : जनमत पार्टीको नेतृत्वमा लक्ष्मीनियाँ  गाउँपालिकाको कार्यालयमा पालिका उपाध्यक्ष  श्रीमती इन्द्रकला यादव समक्ष किसानहरुको माग सम्बोधन गर्न तथा एकबढता जनाउन ज्ञपन पत्र बुझाएको छ।

 

कृषि उत्पादन बढाउन किसानलाई समयमै मलखाद उपलब्ध गराउने वातावरण सिर्जना गर्न प्रदेश नं २  का  धनुषा जिल्लाका स्थानीय तहका लक्ष्मीनियाँ गाउँपालिका जनमत पार्टीका सह- संयोजक शिव कुमार यादवले गाउँपालिका  उपाध्यक्ष इन्द्रकला देवी यादलाई  ज्ञापन पत्र  बुझाएका छन् ।

 

सैद्धान्तिक छलफलमा भाग लिँदै यादवले  खेती गर्ने समयमा मल अभाव हँुदा कृषिजन्य वस्तुको उत्पादनमा कमी हुने भएकाले सहज, सरल र सुलभ मूल्यमा उपलब्ध गराउन माग गरेका थिए ।

 

उक्त प्रस्तावमा भएको सैद्धान्ति छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य फकरुद्दिन खानले कृषि उत्पादन बढाउन किसानलाई समयमै मल उपलब्ध गराउन माग गरे ।

“गाउँपालिकामा  कति टन मल खपत गर्नुपर्छ, त्यसको अध्ययन गरेर समयमै मलखादको व्यवस्था गर्नुपर्छ,” उनले भने, “अहिले मलमा कुनै नरहेको  युरिया चाहिएका बेला डिएपी फालाफाल छ भने डिएपी चाहिँदा युरिया मल पर्याप्त हुन्छ, यस्तो अवस्था अन्त्य हुनुपर्छ ।”

उपाध्यक्ष यादवले भने  मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य रहेको भन्दै यो ऐनपछि अनुदानको मल बेचेर खाने प्रक्रियाको अन्त्य हुने बताए ।

मलको कृत्रिम अभाव सिर्जना हुने गरेका कारण किसानले समयमा मल नपाएको र यस्तो अवस्था अन्त्य गर्नका लागि ऐन जरुरी भएको बताए ।

 

खेती लगाउने समयमा मल नपाएका कारण किसानले धेरै समस्या खेप्नुपरेकाले यसतर्फ स्थानीय  सरकारको  ध्यान जानुपर्ने सहित बताए ।

ज्ञापनको  विषयमा जवाफ दिँदै यादवले मलखाद वितरणलाई सहज बनाउन विधेयक ल्याइएको बताए ।

 

सो ज्ञापन पत्र बुझाउनेमा जनमत पार्टीका साह- संयोजक शिव कुमार यादव, अरुण मंडल, लक्ष्मीनियाँ यादव ,आरती कुमारी यादव, संजित कुमार यादव,इसराफुल राइन सहितका नेताहरुको उपस्तिथी रहेको थियो ।