मधेशटप, पुस ३० गते ।

जनकपुरधाम : नेपालको चर्चित इन्टरनेट कम्पनी सुबिसु केवलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको जनकपुर लगायत देशभर रक्तदान कार्यक्रम गरी मनाएको छ ।

फैलिँदै गएको ओमिक्रन एवं कोरोना भाइरसरको मध्यनजर गर्दै रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमानउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

No description available.

जनकपुरधाम स्थित जानकी मन्दिर परिसरमा शुक्रबार दिउँसो रेडक्रस सोसाइटी जनकपुरको सहकार्यमा भएको रक्तदान कार्यक्रममा सुविसुमा धनुषा जिल्लाको विभिन्न स्थानमा कार्यरत्त ५१ जना कर्मचारीले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रमको उद्घाटन सुबिसु धनुषाका प्रबन्धक शम्भुनाथ झाको अध्यक्षता तथा जानकी मन्दिरका सह महन्थ रामरोशन दासको प्रमुख आतिथ्य एवं लोसपा प्रदेश २ का प्रमुख सचेतक प्रदेश सांसद प्रमेश्वर साहकाबे विशिष्ट आतिथ्यमा भएको थियो ।

No description available.

उद्घाटन कार्यक्रममा अतिथिको रुपमा जनकपुरधाम उपमाहानगरपलिकाकी उपमेयर रिता झा, धनुषाका प्रहरी नायव उपरीक्षक(डिएसपी) जितेन्द्र बस्नेत, असाह सरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र, युवा अभिन्ता दीपक ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा सुविसुका धनुषा प्रवन्धक सम्भु झाले रक्तदान गर्ने तथा समाजमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।