मधेशटप डेस्क, माघ २ गते।

जनकपुरधाम । आज जनता समाजवादी पार्टीकी नेतृ एवम् संघीय सरकारी भौतिक पूर्वाधार मन्त्री रेणु यादव धनुषा आउन लाग्दा किसानहरुले विहान देखि ठाँउ ठाँउमा अवरोध गर्ने शुरु गरेका छन् ।

धनुषा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ३ को मुखियापट्टि मुसरनीयामा आयोजना गरिएको जसपा पार्टी को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउने भने पाएपछि किसानहरुले आफ्नो माग राख्दै सडक अवरोध गर्ने तयारी शुरु गरेका छन् ।