मधेशटप डेस्क,

जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाम राजधानी तोक्ने सवालमा कुनै पनि राजनिति र विलम्व नगर्न नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा एक टोलीले प्रदेश नम्बर दुई राजनितिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउदै सोमबार हुन लागेको मतदानबाट अस्थाई रहेको जनकपुरधामलाई स्थाई राजधानी बनाई बिम्लव नगर्न आग्रह गरे।

टोलीले जसपाका नेता तथा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, लोसपाका नेता जितेन्द्र सोनल, कांग्रेसका नेता रामसरोज यादव, नेकपा एसका नेता सत्रुधन महतो, माओवादी केन्द्रका नेता भरत साह र एमालेका नेता सत्यनारायण मण्डललाई ज्ञापत्र पत्र बुझाएका हुन।

टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।