मधेशटप डेस्क,माघ २ गते ।

जनकपुरधाम :  नेकपा(एमाले)का  केन्द्रिय सदस्य संजिव कुमार झा सुरज कोरोना पोजेटिभ भएपछि उनले आफ्नो भौतिक सम्पर्कमा रहेका मित्रलाई पिसिआर टेस्ट गराउन आग्रह गरेका छन।

आफ्नो आधिकारिक फेसबूक पेजमा आज आइतबार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छ्न।सम्पर्कमा रहेका सबैलाई पिसिआर टेस्ट गराउन बताएका छ्न।

एमाले निकट राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सह-संयोजक समेत रहेका नेता झा धनुषाबाट सक्रिय राजनीतिमा उदाएका हुन।