मधेशटप डेस्क,माघ ३ गते ।

 

जनकपुरधाम : राजधानी र नामकरणको टुंगो लागेको खुसीमा मधेश प्रदेशमा भोली सार्वजनिक बिदा दिइने हाम्रा संवाददाताले जनाएका छन्।

केहीबेरअघि मात्रै प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित भएको थियो। प्रदेशसभामा कुल १ सय ४ मा सांसदमध्ये ९९ सांसद उपस्थित थिए। जसमध्ये ‘मधेश प्रदेश’ को पक्षमा ८० सांसदले मतदान गरे।

प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा चार बजेबाट मतदान शुरु भएको थियो। मतदान पाँच बजेर १० मिनेटमा सकिएको थियो। पाँच बजेर ४० मिनेटमा उक्त प्रसतावमा दुई तिहाइसहित ‘मधेश प्रदेश’ नाम पारित भएको हो।

आजै यसअघि भएको मतदानले जनकपुरलाई स्थायी राजधानी बनाउने फैसला गरेको थियो।