पछिल्लो समय नेकपा एमाले पार्टीका यूवा नेता अनिल चौधरीको पहलमा एमाले पार्टीमा प्रवेशको लहर नै चलेको छ ।

 

केही दिन यता नेकपा एमाले पार्टीमा प्रवेशको लहर नै चलेको छ । एमालेका सचिव रघुविर महासेठ पोलिटब्यूरो सदस्य जुली महतो जिल्लामा सक्रिय भए लगतै एमाले प्रवेशको लहर चलेको छ भने यूवा नेता अनिल चौधरीको पहलमा पनि पार्टीमा प्रवेश भइरहेको छ ।

यूवा नेता अनिल चौधरीको पहलमा नेपाली कांग्रेस, जसपा र लोसपा बाट सयौं नेता कार्यकर्ता पार्टी परित्याग गरी (नेकपा) एमालेमा प्रवेश गरेका छन् ।

 

धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ पकरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा एमाले सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठले टिका लगाई स्वागत गरेका थिए ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ नेकपा एमाले सभापती प्रदिप साहको अध्यक्षता रहेको थियोे भने नेकपा एमाले सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नेता विनय साह, जसपाका नेता कासिम अन्सारी लगायत ३ सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको यूवा नेता चौधरीले जनकारी दिए ।

 

कार्यक्रममा महासेठ नव प्रवेशीहरुलाई स्वागत गर्दैै अहिले देशभर नेकपा एमालेमा प्रवेश गर्नेको लहर सुरुभएको छ ।

नेकपा एमालेका सचिव रघुविर महासेठले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाको लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ।

गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन ।

अहिलेको सरकार जनादेशको अपमान गर्दै बनेकोले त्यो देश र जनता प्रति जिम्मेवार नरहेकोदावी गर्नु भयो ।

नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्री पद पाएको वेला निर्वाचन क्षेत्र लगायतको गल्ल्ी गल्लीमा पिच र खोलाहरुमा पक्कीपुलको शिल्यनास हाम्रै पालामा भएको र यो ठाउँमा पुगाउने जनताहरुको लागी कुनै वेला सहयोगको लागी तयारी रहेको यस्तो जानकारी दिनुभएको छ ।

पुर्ब मन्त्री एवम् पोलिटब्यूरो सदस्य जुली महतोले अपांग, असक्त, एकल महिलाको जीवन स्तरमा आमुल परिवर्तन ल्याउन उनीहरुलाई पनि सामाजिक सुुरक्षा भत्ताको ब्यवस्था नेकपा एमालेको सरकारले गरेको जीकीर गरेको हुन ।

उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि एमालेले विगतमा विभिन्न कार्य गरेको दाबी गरे।
साे कार्यक्रममा वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर वहादुर राउत, प्रदेश कमिटि सदस्य मनोज खडका, पूर्व जिल्ला सभापति राम चलितर साह, जिल्ला कमिटि सदस्य नगर संयोजक महेन्द्र यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्मका नगर संयोजक, नेकपा एमाले पार्टि कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

यता , नेकपा एमाले नवप्रवेशी नेताहरुले अब देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितताका लागि कम्युनिष्ट शक्ति नै चाहियाे उनिहरुले बताउँछन् ।