मधेशटप डेस्क, माघ ३ गते।

महोत्तरी । नक्कली नोटसहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

दुबै जनालाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जानकारी दिए।

 

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय असरफ मोहम्द रहेकोे छ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बा.२१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो व्याग भित्र बाहिरी पट्टी नेपाली रु. १००० (एक हजार) दरको नोट र पछाडी पट्टी नेपाली रु.१००० (एक हजारको नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ व्याण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।

दुबैजनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जानकारी दिएका हुन् ।

स्रोतका अनुसार मोजाहिद रेजाले जनकपुरधामको पिडारीचौक मा पसल पनि संचालन गर्दै आएको र उनी भारतीय हुन तर नेपाल को पनि नागरिता बनाएको छ।

पिडारी चौकमा रेजा मैचिंङसेन्टर र रेहान कलेक्सन पनि संचालन गर्दै आएको नाम नखुल्ने सर्तमा एक स्थानीयले बताए ।