मधेशटप डेस्क, ४ गते ।

जनकपुरधाम : भौतिक पूर्वाधार विकास मन्त्री एवं जसपा नेतृ रेणु यादवको आज किसानहरुले जनकपुरमा पुत्ला दहन गरेका छन् ।

धनुषा आउन लागेको थाहा पाएपछि किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता र किसानहरुले मन्त्री यादवको पुत्ला दहन गरेका हुन् । उनीहरुले मन्त्री यादव र कृषिमन्त्री महेन्द्र राय यादवविरुद्ध नाराबाजी समेत गरेका छन् ।

किसानको माग पुरा गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मन्त्रीहरु मधेस आएपछि अवरोध गर्ने घोषणा गरेका थिए । त्यसैले जनमतका कार्यकर्ताहरु मन्त्री यादवविरुद्ध जनकपुरमा विहानैबाट प्रदर्शनमा उत्रेका छन् ।

मन्त्री यादव भने धनुषाको मुखियापट्टी मुसहर्नियाको बैरिया बजारमा जसपाले राखेको पार्टी प्रवेश कार्यक्रममा आउने बुझिएको छ । उनको सुरक्षाका लागि ठाउँ ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । टुडेखोज