मधेशटप समाचारदाता,

गणेश कुशवाहा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका भित्र रहेको ईलाका प्रशासन कार्यालय विचोलिया मार्फत काम भईरहेको खुलाशा भएको छ ।

प्रत्येक्ष रुपमा हाम्रो जनकपुर न्यूज डेक्स गणेश कु.सिंह कुशवाहा लगायत सर्व सधार जनता समेत यो पिरा भोग्दै आइ रहेको देखिएको छ ।

राष्ट्रिय परिचयपत्र दर्ता को लागि जुन फार्म कार्यालय बाट मात्रै उपलब्ध हुने त्यो बाहिर प्रति गोटा १०० रुपैया तिरेर बाहिरको पसलेहरुले बच्दै गएको पाईएको छ । हाम्रो जनकपुर न्यूज डेक्स गणेश कु.सिंह कुशवाहा लगायत सर्व सधार जनताहरु बिहिवार कार्यालय समय १० बजे देखि ५ बजे सम्म पालो नै पर्खे र बस्दा पनि पालो आएनन् । किनभने विचोलिया ले पैसा लिएर आफ्नो सेवा ग्राहिहरुलाई फार्म दर्ताको लागि आगाडि नै फार्म दिरहेको पाईएको छ ।

कार्यालयको समय सकिए पछि भोलि ९:३० आउनु भनेर भनेका थिए । त्याहा ९:३० बजे जादा पनि सेवा ग्रहिहरु घण्टौ लाईमा पालो पर्खदै बसिरहेको देखियो । किनभने विचोलिया र इलाका प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा काम भईरहेको देखिएको छ ।

जुन विचोलियाले सेवा ग्राहिसंग प्रति फार्म १०० लिएर उक्त सेवा ग्राहिको काम छिटो भएका देखिएको छ ।
जब संचारकर्मिको परिचय पत्र देख्न साथ इलाका प्रशासन कार्यालयको नायब सुब्बा संग सोधपुछ गर्दा आफु त्यस बारेमा थाह नै नभएको बताए ।

करिव दिनु २५-३५ ओटा राष्ट्रिय परिचयपत्र अनलाइन मार्फत दर्ता हुदै आईरकेको तर त्यस मध्य आधि फार्म विचोलियाको सेवा ग्राहिहरुको दर्ता प्रक्रियाको लागि अगाडि बढाउने कार्य भइरहेको देखिएको छ ।

उक्त कार्यालय को प्रशासकिय अधिकृत कार्यालयमा उपस्तिथि नरहेको देखिएको छ । नायब सुब्बा संग सोधपुछ गर्दा प्रशासकिय अधिकृत बिरामी भएर उपचार को लागि काठमाडौं गएको बताए ।नायब सुब्बा अनुसार उक्त कार्यमा संलग्न रहेको व्यक्तिहरु लाई पहिचान गरि छिटो कार्वाही हुने बताए ।