मधेशटप, माघ ८ गते ।

जनकपुरधाम :  भन्ने गरिन्छ कि  भजन गाउँने मुख भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ यति बेला विभिन्न रोगका चिकित्सकहरु नागरिकको सेवामा लागेका छन् ।

नागरिकलाई सेवा दिने उद्देश्यले निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरी चिकित्सकहरुले सेवा दिएका हुन ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को मध्य नजर राख्दै धनुषाको एक स्थानीय निकायमा स्वास्थ्य शिविर संचालन गरेको छ ।

शनिवार धनुषाको औरही गाउँपालिकामा आयोजना गरेको निः शुल्क स्वास्थ्य शिविरबाट २५० भन्दा लाभान्वित भएका छन् ।

औरही गाएँपालिकाका वडा अध्यक्ष दिलिप प्रसाद साहले आयोजना तथा (कन्सल्टेन्ट फिजिशियन) डा. रवि रञ्जनको नेतृत्वमा आयोजित शिविरमा (एच.ए) सहयोगी कोशिला मंडल लगायतले विरामीहरुलाई चेक जाँच गरेका हुन ।

फिजिसियन केयर क्लिनिक(लाईफ गार्ड फार्मेसी)ले विरामीलाई चेक जाँच संगै औषधी समेत उपलब्ध गराएको सफाई अभियानी रवी झाले जानकारी दिएकी छन ।