मधेशटप समाचारदाता, पुस ९ गते ।

राजविराज : नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालले जनता समाजवादी पार्टी नेतृ एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न र स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकार विरुद्ध दिनहुुँ बिरोध प्रदर्शन गर्न थालेका छ्न।

संघको कंचनरुप नगर कमिटीको आयोजनामा आज बेरियर बाट निक्लेको बिरोध र्याली बजार परिक्रमा गरि हटियामा कोणसभामा परिणत भएको उत्सव आचार्यले बताएका छ्न।

गौर हत्या काण्ड दोह्राई दिने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई बर्खास्त गर्न युवा संघले मधेस प्रदेशमा दबाबमूलक प्रदर्सन गरिरहेका छ्न।युवा ?यसंघले स्थानीय चुनाव सार्ने षड्यन्त्र भएकालेे चुनाव मिति तोक्न समेत सरकारलाई दबाब दिन दिनहुुँ प्रदर्सन गरिरहेका छ्न।

संघका नगर कमिटी अध्यक्ष जैनुदिन मियाको नेतृत्वमा निक्लेको र्यालीको कोणसभामा एमाले केन्द्रिय सदस्य सरिता गिरि,एमाले कञ्चनरुप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरी, संजय पासवान लगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।