जनकपुरधाम । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१८ हजार १०३ जनामा पीसीआर परीक्षण गरिएकोमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै, विगत २४ घण्टामा देशभर तीन हजार ०४० सङ्क्रमणमुक्त भएको मन्त्रालयकाको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी, आज ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८८ हजार ९९३ भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् ।