मधेशटप डेस्क

महोत्तरी । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ मधेश प्रदेश का उपाध्यक्ष अजय चौधरी को संयोजकतामा जलेश्वरमा मसाल जुलुस निकालेको छ ।

मंगलबार साँझ युवा संघका नेता तथा कार्यकर्ताहरूले स्थानीय चुनावको घोषणा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको राजीनामा माग गर्दै मसाल जुलुस निकालेका हुन् । उनीहरूले बुद्दिजीवी चौक देखि नगरपालिका चौकसम्म जुलुस निकाली दुर्गा चौकमा कोंन सभा गरेका थिए ।

स्थानीय चुनाव समयमा नगर्ने षडयन्त्र हुन थालेकाले खबरदारी गर्न मसाल जुलुस निकालेको उनीहरूले बताएका छन् ।

त्यस्तै, माघ ५ गते गौरमा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकाले तत्काल राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ । संघले विभिन्न मागहरू राखेर केही दिनदेखि प्रदर्शनसहित दबाबमुलुक कार्यक्रम गर्दै आएको छ ।