मधेश टप समाचारदाता,

महोत्तरी ।  जलेश्वर अस्पताल का मेडिकल सुपरिटेंडेंट माथि जनमतको आक्रमण मुख मा ८ टांका लागेको छ।

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वर का मेडिकल सुपरिटेंडेंट डॉ. सतीश कुमार साह माथि जनमत का कार्यकर्ताहरुले आक्रमण गर्दा उनको देब्रे गालामा मुखको भित्र पट्टी बाट ८ टांका लागेको छ ।

एक कार्यक्रम मा बर्दिबास जादै गरेका डॉ. साह माथि जनकपुरको पीडारी चौक मा उनि माथि आक्रमण भएको हो ।
प्रदेश २–०२–००१ झ ०१६३ को सरकारी नं प्लेट को गाड़ीमा सवार उनि माथि एक्कासि जनमतको भिडले आक्रमण गरेको डॉ. साह जलेश्वर अस्पताल का अध्यक्ष सुरेश पाण्डेय ले बताए । आफु चिकित्सक भएको बताई रहदा भीड़ ले उनको कुरा नै नसुनि अचानक हमरा गरेको अध्यक्ष पाण्डेय ले बताए।

हाल उनि खतरा मुक्त रहेको र उनको उपचार भैरहेको जलेश्वर अस्पताल का चिकित्सक ले बताएका छन । जनमत का कार्यकर्ता हरू ले डॉ. साहको गाड़ी समेत तोड़फोड़ गरेका छन भने उनको सवारी चालक को खुट्टा मा समेत चोट लागेको छ ।

यता जनमत पार्टी का केंद्रीय सदस्य संजय स्वराजिले डॉ. साहब लाई लक्षित गरी हमला नगरिएको दाबी गरे । उनले जनमत पार्टी ले प्राण रक्षक चिकित्सक हरू माथि हमला गर्न सोच पनि न बनाएको बताउदै ।

भूल बस वा जनमतको नाम धूमिल पार्न कोही घुसपैठिया ले आक्रमण गरेको हुन सक्ने बताए । उनले घटना को बारे मा आफु समेत अनभिज्ञ भएकोले सत्य तथ्य पत्ता लगाउने बताए ।