मधेशटप माघ १२ गते ।

 

जनकपुरधाम : जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेशसभा सदस्यको गाडीमा तोडफोड गरेका छन् ।

 

जनमत पार्टीका कार्यकर्ताले मतदान गर्न आउँदै गरेका जसपा मधेस प्रदेशका सांसद अशोक यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् ।

सांसद यादव प्रदेशसभाका अर्थ समितिका सभापति पनि हुन् । प्रदर्शनकारीले उनको हातसमेत भाँचेका छन् ।

जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनले बताए ।