मधेशटप, माघ १२ गते ।

जनकपुरधाम : मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले  गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न जनता समाजवादी पार्टीका  जिल्ला अध्यक्ष पशुपति यादवले नेपाल सरकारसंग  मांग गरेका छन्।

जिल्ला अध्यक्ष् यादवले  विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसंग मांग   गरेका  हुन् ।

बुधबार जमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड गरेका छन् ।

आक्रमणमा प्रदेश सांसद अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश कुमार साह, हरिवनका मेयर गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल घाइते भएका छन् ।

‘पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा। सतिश साह लगायतका व्यक्तिहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न नेपाल सरकार, प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ’ जिल्ला अध्यक्ष् यादवको विज्ञप्तिमा भनिएको छ।

यस्ता अराजक तथा अपराधिक कार्यको जसपा नेपाल धनुषाले घोर विरोध तथा भर्त्सना गर्दै, साथै यस्ता घोर राजनीतिक, गैरकानुनी एवंम् अराजक गतिविधिलाई संग्लग्न जनमत पार्टीका नेताकार्यकर्तालाई अविलम्भ हिरासतमा लिई कानुन बमोजिम कार्वाही गर्न मांग गरेका छन् ।