गणेश कुशवाहा ,

जनकपुरधाम । मधेश प्रदेशको राजधानिमा रहेको जनकपुर डिजल सेन्टर दिन प्रति दिन १५लि. को हेरफेरमा डिजल बिक्री गरेको भेटिएको छ। जनकपुर बाट बिरगंज जाने ना. ७ ख. २८८१ नम्बर को यात्रु बाहक बस मा हिजो करिब ५:४५ बजे साझमा डिजल हाल्ने क्रममा ११ लिटर को फरकमा डिजल हालेको फेला परेको छ ।

 

ठिक त्यहि समय मा बिरगंज बाट आउने क्रममा दिन्हु जनकपुर डिजल सेन्टर डिजल हाल्दै आइ रहेको बस को कन्टेकटर र बस चालक ले बताए ।

 

कन्टेकटर र बस चालक अनुसार : जनकपुर डिजल सेन्टर २०७८/१०/१२ गते बुधबार को दिन ८४.०० लिटर डिजल हालेको थियौं र २०७८/१०/१३ गते बिहीबार को दिन सोहि पेट्रोल पम्प मा डिजल हाल्दा ९५.०० लिटर ११ लिटर फरकमा डिजल हालेको पाए पछि विवाद भएको थियो । अरु दिन विवाद हुदा बसको यात्रुहरुले साथ नदिदा आफु चुपचाप डिजल हालेर जाने गर्थे बताए ।

 

पेट्रोल पम्प को मालिक लोकेन्द्र साह अनुसार : हामीले डिजल हाल्दा अगाडि को मिटर हेरेर दिन्छौ नाकि पछाडि को मिटर हेरेर दिन्छौ । साह अनुसार अगाडि को मिटर ठिक छ भने पछाडि को मिटर पनि ठिकै छ भनेको थियो ।

 

 

कुनै पनि पेट्रोल पम्प मा तेल हाल्दा दुबै मिटर ०० हुन्छ तर जनकपुर डिजल सेन्टर को मिटर बिग्रेको भेटेको फेला परेपनि अगाडि मिटर अनुसार पैसा तिर्दै आई रहेको गाडिहरु बालाको गुनासो रहेको छ ।