जनकपुरधाम, १५ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित काव्या अस्पतालले न्यूरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालका सञ्चालक डा. एस.के. सिंह शनिवार पत्रकार सम्मेलनको आयोजना गरी न्यूरो सर्जरीका लागि आवश्यक प्रविधिहरु पुरा भईसकेकोले औपचारिक रुपमा सेवा सुरु गरिएको जानकारी दिएका छन ।

उनले वीरगंज पश्चात जनकपुरधाममा न्यूरो सर्जरी गर्ने काव्या दोस्रो अस्पताल रहेको दावी समेत गरेका हुन ।

अस्पतालले न्यूरो सर्जरी सेवा सञ्चालनका लागि न्यूरो सर्जन डा. हेमन्त कुमार साहको नेतृत्वमा टिम बनाएको बताए । यस विभागमा डा. साहको मातहतमा अन्य सर्जन डाक्टरहरु समेत रहने सिंहले जानकारी दिए ।

अस्पताल छिट्टै अन्य नयाँ सेवाहरु समेत सञ्चालनको तयारीमा रहेको र प्रत्येक दिन न्यूरो सर्जरीको ओपिडी सेवा सञ्चालन हुने पत्रकार सम्मेलनमा भनेका छन् ।

डा सिंहले यसक्षेत्रका जनताका लागि काव्या अस्पताल सुरुदेखि नै नयाँ सेवाहरु सञ्चालन गर्दै आएको बताउँदै अस्पताल न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने मधेस प्रदेशकै दोस्रो अस्पताल रहेको बताए ।

सिंहले जनकपुरधाम क्षेत्रका लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको बताउँदै गरीव, विपन्नहरुलाई आफ्नो अस्पतालले निरन्तर छुट गर्दै आईरहेको दावी समेत गरेका छन् ।