मधेशटप डेस्क,

जनकपुरधाम : नेपाली उपभोक्ता संरक्षण महासंघले जनकपुरधाममा समाजिक क्षेत्रमा सक्रिय युवा राजु कुमार साहलाई मधेश प्रदेश अध्यक्षमा मनोनयन गरेका छन् ।

जनकपुरधाम, धनुषा सहित प्रदेश र देशमै विभिन्न संघ संस्थामा आवद्व भई सक्रियता पुर्वक समाजिक गतिविधीमा क्रियाशिल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का साहलाई महासंघले प्रदेश २ को उपभोक्ताहरुको संरक्षणको जिम्मेवारी दिएका हुन् ।

उपभोक्ताहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले एक पत्र जारी गर्दै नेपाल वैश्य युवा संघका मधेश प्रदेश अध्यक्ष समेत रहेका युवा साहलाई नेपाल उपभोक्ता संरक्षण महासंघको मधेश प्रदेश अध्यक्षमा मनोनयन गरिएको छ।

महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले महासंघको एशोसिएट सदस्य साह सक्रिय र उर्जावान युवाको पहिचान बनाएकोले मधेश प्रदेशको नेतृत्व दिएको जानकारी गरए।