मधेशटप, माघ १७ गते ।

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जनालाइ पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको सूचनापश्चात खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ निवासी २० वर्षीय मिलन दोङलाई प्रहरीले पक्राउ गरेको हो ।

पैदल यात्रुलाई ठक्कर दिएर आफुसमेत घाइते भएका प्रदेश २ –०३–०१४ प २५८० नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिनुका साथै चालक दोङ्लाई पक्राउ गरेको हो

अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ निवासी कुन्जन उप्रेतीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डमा पार्किङ् गरी राखिएको अवस्थामा मिलन दोङ्ले चोरी गरी भाग्दै गरेको खुलेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार पक्राउ परेका दोङ्विरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको छ ।