एजेन्सी । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको बाढीका कारण अरू पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो सहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन्, ‘हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्’, भारी मात्रामा वर्षा जारी नै छ ।

उनले राज्यको प्रहरी र सेना तथा अरू पनि उद्धारकर्मीहरू उद्धारका लागि जुटिरहेको बताए । उनले भनेका छन्–हामी उद्धारका काममा जुटिरहेका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ ।