मधेशटप, जनकपुरधाम;-  नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल जलेश्ववर नगर कमिटी अध्यक्ष चन्दन साह को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय महोत्तरी मा ज्ञापन पत्र बुझाइएको छ । संविधानमा रहेको व्यवस्था अनुरूप स्थानीय निकाय को चुनाव को मिति जारी गर्न,हाल स्वास्थ्य मन्त्री विरोध खतिवडा ले २अर्ब ४० करोड बराबर को २४ लाख कोभीड विरुद्ध को खोप बेपत्ता भएको सम्बन्धमा दोषी लाई कारवाही गर्न र बेपत्ता भएको खोप अतिशीघ्र उपलब्ध गराउने मांग गरेका छन । सिटामोल लगायतका अभाव भएको औषधि को आपूर्ति हुनुपर्ने जोड दिएका छन भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौर नरसंहार बारे दिएको अभिव्यक्ति माथि ध्यानाकर्षण गराउदै राजीनामा माग गरेका छन । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल जलेश्ववर नगर कमिटी अध्यक्ष चन्दन साह लगायत राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश का उपाध्यक्ष अजय चौधरी लगायत नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।