जनकपुरधाम, १८ माघ । मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य बीमा सम्बन्धी मंगलवार जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा पत्रकार स्वस्थ्य बीमको आधारहरुको विषयमा व्यापक छलफल गरिएको छ ।

प्रदेश भित्रमा करीब आठ सयजना पत्रकार रहेको छ । तर सक्रिय पत्रकारको संख्या न्यून रहेको र त्यसमा पनि कतिपय पत्रकारहरु राजनीतिक पद समेत गम्हालेकोले बीमको आधारहरु कुन कुन हुनुपर्नेमा छलफल गरिएको हो ।

मधेश प्रदेशका आमसञ्चार प्राधिकरणले स्वास्थ्य बीमा सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पत्रकारको शैक्षिक योग्यता, नागरिकता, नैतिक पत्रकारिता क्षेत्रमा दिएको योगदान, रेड कार्ड, कर्मचारी दरबन्दी लगायतको आधारमा स्वस्थ्य बीमा हुनुपर्नेमा जोड दिएका छन् ।

सूचना विभागले दिएको रेडकार्ड केही पत्रकारहरुले दुरुपयोग गरेको कारणले पत्रकारिता क्षेत्र बदनाम हुन थालेको छ । नैतिक पत्रकारिताको ठाउँमा ती कार्डलाई सीमामा तस्करी तथा पार्टीगत पत्रकारितामा प्रयोग गरेको पाइएको हो । पत्रकारको नाउँमा ठेक्केदारी गर्ने, राजनीतिक पद बहाल भएका र वैदेशिक रोजगारीमा गएकाहरुलाई कुनै पनि बिमा नगर्न पत्रकार श्यामसुन्दर शशिले भने, ‘कसलाई स्वस्थ्य बीमा गर्ने र कसलाई नगर्ने छुट्याउन गाह्रो छ, तर असम्भव छैन ।’

पत्रकारहरुको स्वस्थ्य बीमाभन्दा जीवन बीमा उत्तम हो सप्तरीका अध्यक्ष श्रवण देवले भने ‘तर, बीमा गर्नु अघि पत्रकारिता क्षेत्रमा रहेको विकृतिलाई कसरी अन्त्य गर्न सकिन्छ त्यसतर्फ सबै गम्भीर हुनुपर्छ ।’

त्यस्तै राजु विश्वकर्माले पत्रकार बन्न र बनाउनका लागि मापदण्ड निर्देशिकालाई पालना गर्नुपर्नेमा मधेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको रु ७ लाखको स्वास्थ्य बीमा गरिने जानकारी दिएका । उनले उक्त बीमामा स्वास्थ्यका साथै दुर्घटना बीमा पनि समावेश भएको बताए ।

उनले पत्रकार अस्वस्थ्य भएमा या दुर्घटना भएमा रु १ लाखसम्मको खर्च गरिएको बीमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु ७ लाख प्रदान गरिने बताए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले कलम चलाउने पत्रकारका लागि पहिलो चरणमा बीमा कार्यक्रम गरिने र त्यसपछि अन्य कार्यक्रमहरु पनि ल्याउने बताए । उनले सकृय रुपमा काम गर्ने कोहि पनि पत्रकार बीमा गर्नबाट छुट्न नहुने बताए । राज्य मन्त्री रुबी कर्णले पत्रकारप्रति आफूहरु गम्भीर रहेको भन्दै यथासक्य सहयोग गर्न आफूहरु तयार रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्ण, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, बीएम खनाल, सर्लाही अध्यक्ष टंक क्षेत्री, विष्णु कुँवर, अजय झा, मनोज यादव, बन्दना झा लगायतका पत्रकारहरुले आफ्ना विचार राखेका छन् ।