मधेशटप, पर्सा,
पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ भन्सार स्थित सीमा ईलाकाबाट माघ १८ गते सशस्त्र प्रहरीले करीव १ लाख १३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोबाईलको ब्याट्री, कभर र ग्लास बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।