बारा,
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ स्थित नयकाटोल ईलाकाबाट माघ १८ गते सशस्त्र प्रहरीले नेपाली रुपैयाँ १ हजारको २ सय ९६ वटा नक्कली नोट र नगद १२ हजार १ सय ४५ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको मौनापुर नगरपालिका ४ बस्ने ३२ बर्षिय
किशोरी शाह छन् ।
ना २ प १९७८ नम्बरको मोटरसाईकलमा सवार निज शाहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल,
नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि
जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला पारेको हो । त्यसबेला उक्त
मोटरसाईकलसमेत बरामद गरिएको छ ।
पक्राउ परेका शाहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।