महोत्तरीमा राजमार्ग बन्द गराउने जनमत पार्टीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

किसान आन्दोलन अन्तर्गत पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहितका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छन् ।