मधेशटप , जनकपुरधाम :- बारामा रथले च्यापिएर मृत्यु भएकाहरूको परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टीले आर्थिक सहयोग गरेको छ ।

लोसपाका मधेस प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री जितेन्द्र सोनलले मृतकद्वय नीलमकुमारी राम र बालकुमारी रामको परिवारसँग भेटेर ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
पूर्वमन्त्री सोनलले मृतकका परिवार र घाइतेलाई आर्थिक सहयोग गरिदिन मधेस प्रदेश सरकारसँग मागसमेत गरे । उनले दलित परिवार शोक र दुःखमा परेका बेला प्रदेश सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाए ।
मृतक परिवारलाइ आर्थिक सहयोग गर्ने क्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्तफा अन्सारी, वडाध्यक्ष धर्मेन्द्र यादव, लोसपाका नेता जगत कुशवाहा, अरबिन्द यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
१० माघमा स्थानीय लक्षु राम महराका छोरा सियाराम महराको बिहेमा जन्ती जाने क्रममा रथले च्यापिएर बतराकै १५ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ की २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको थियो ।
दुर्घटनामा परी १४ जना घाइते समेत भएका थिए । घाइतेमध्ये एक जनाको काठमाडौंमा र अन्यको वीरगञ्जमा उपचार जारी रहेको छ ।
Discussion about this post