जनकपुरधाम :  धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाद्वारा श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालयका  अभिभावकहरूलाई  अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठामा हेर्न पाउने छन्।

एउटा मोबाइल फोनको एप प्रयोग गरेर उनीहरूले आफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन्।

उनले उक्त कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो आशा रहेको बताए गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत हरि शंकर यादवले बताए ।

त्यसरी सिसिटिभी जडान गरिनुमा बालबालिका सुरक्षित हुन् भन्ने आशय पनि रहेको बताइएको छ।

त्यस्तै केहीले चाहिँ निगरानीपूर्ण समाज बनाउन लागेको संकेत भएको बताएका छन्।