सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।
भान्सा घर बाहिर छतमा निस्कने क्रममा शुक्रबार राति खत्री चट्याङ लागेर घाइते भएकी थिईन् । उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।