सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो । काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो ।
हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । अचम्म लाग्ने गाडी देखिएपछि विस्तृतमा खानतलासी लिएको थियो । कार्कीले गाडीलाई नै स्टुडियोको रुपमा प्रयोग गर्दै आएका थिए ।
गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ ।सो मिनीट्रक बर्दिबासबाट धुलिखेलतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा युटुबर कार्कीले प्रयोग गर्ने गाडीमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।