साताको पहिलो दिन सुन-चाँदीको मूल्‍य स्थिर छ।

आइतबार सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार पनि सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति‌औंस १८ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।