जनकपुरधाम, माघ २४ गते । महोत्तरीको पिपरा गाउँपालिकाका झादम्पतीको गत वर्ष भएको हत्यामा संलग्न रहेको आरोपमा पुरपक्षमा पठाइएका ३ जनालाई केही दिन अगाडी मात्रै उच्च अदालत जनकपुरले धरौटीमा छोड्ने आदेश दियो ।

 

गत महिना पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुरपक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादव जनही पाँच लाख धरौटीमा छोड्न आदेश दियो । सुरेन्द्र र राजेन्द्र दूबै दाजु भाई हुन् । यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छोडिसकेको छ ।

हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुरपक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो । जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् ।

प्रहरीले जानीबुझी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रको छोरा केशव ठाकुरले आरोप लगाए । अदालतमा दिइएको बयानहरुमा मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको दिएका नामहरुमध्ये हरेन्द्रलाई मात्रै पुरपक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाले बताए । गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो ।

हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा फेला पारिएको थियो । झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो ।

 

गत महिना पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुरपक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादव जनही पाँच लाख धरौटीमा छोड्न आदेश दियो ।

सुरेन्द्र र राजेन्द्र दूबै दाजु भाई हुन् । यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छोडिसकेको छ । हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत धनुषाकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा– ५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुरपक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

महोत्तरी   जिल्ला अदालत  र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन् । प्रहरीले जानीबुझी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रको छोरा केशव ठाकुरले आरोप लगाए ।

महोत्तरी जिल्ला  अदालतमा दिइएको बयानहरुमा मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको दिएका नामहरुमध्ये हरेन्द्रलाई मात्रै पुरपक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाले बताए । गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो ।

हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा फेला पारिएको थियो । झा दम्पतिको हत्यामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो ।

 

जसमध्ये ५ जनालाई धरौटीमा छोडि सकिएको छ भने बाँकी ३ जनालाई पुरपक्षका लागि थुनामै राखेर मुद्दा अगाडी बढाउन भनिएको छ । झा दम्पतिलाई गत वर्ष फागुन १० गते राति वेपत्ता पारिएको थियो । वेपत्ता पारिएका दम्पति न जीवित न उनीहरुको शव महिना दिनसम्म फेला पर्यो । बृद्ध दम्पतिलाई प्रहरीले न उद्धार वा न शव पत्ता लगाउन सकिरहेको बेलामा राष्ट्रव्यापी रुपमै दवाब परिरहेको थियो ।

सो घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले त गरि नै रहेको थियो त्यसमाथी प्रदेश प्रहरी कार्यालय र सीआइबीको टोलीले समेत छुट्टै अनुसन्धान गरिरहेको थियो । सीआइबीको टोललीले अनुसन्धान शुरु गरेपछि मात्रै गत वर्ष चैत १२ गते प्रहरीले झा दम्पतिको शव जमिन मुनि गाडिएको अवस्थामा फेला पारेको थियो प्रहरीले झा दम्पतिको शव फेला पार्नु अघि गत वर्ष चैत ५ गते सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा र उनको छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा देखिएका छिद्रहरु प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरि सकेको थियो । तर हत्याको स्पष्ट कारण भने पत्तो लागेको थियो । पछि प्रहरीको अनुसन्धानले भारतीय नागरिक हरेन्द्र जग्गाकै लागि मुसाफिर झा र गीता देवी झाको हत्या गराउन लगाएको देखाइएको थियो । तर हरेन्द्रको परिवारले प्रहरीको अनुसन्धानमाथी नै प्रश्न उठाई रहेका छन् ।

जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पति गराएको प्रहरीको दावीमा कुनै आधार नरहेको हरेन्द्रको छोरा केशव दावी गर्छन् । उनका अनुसार मुसाफिरको १४ कठ्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको कित्ता नम्बर ४१८मा रहेको छ । सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको हरेन्द्रको पोखरी छ । यसका साथै हरेन्द्रले त्यहीँ १८ विघामा प्लटिंग गरेका छन् । प्लटिंगमा माटो पुर्ने काम त्यही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए।

 

प्रहरीका अनुसार सो प्लटिंगबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यक्ता हरेन्द्रको थियो । जसका लागि मुसाफिरलाई जग्गा बेच्न दवाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या गर्न लगाइएको प्रहरीको दावी छ ।

यद्यपि प्रहरीको दावीमाथी प्रश्न उठाउँदै हरेन्द्रको छोरो केशवले भने ‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तर तर्फ कित्ता नम्बर ९५को विद्यालयको जग्गा, कित्ता नम्बर ९६को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा पर्छ, मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनु पर्ने आवश्यक्ता थियो ।’ उनले अगाडी भने ‘मेरो बुवाले यहाँ प्लटिंगको कामको प्रगति नदेखेर यहाँको काम बन्द गरेर ४ वर्ष अगाडी नै काठमाडौँमा काम शुरु गरेका थिए ।’ प्रहरीले हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको भनेको थियो । यद्यपि हरेन्द्रको परिवारका अनुसार प्रहरीले उनलाई काठमाडौँबाटै पक्राउ गरेको थियो ।

हरेन्द्रको मुद्दा लड्दै आई रहेका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई नै फितलो बनाएको आरोप लगाएका छन् । उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसंग हरेन्द्र न कहिल्यै फोनमा कुरा भएको र न कहिल्यै भेट भएको दावी गरे । उनले भने ‘प्रहरीले अनुसन्धान कमजोर पार्नका लागि रामजी यादव, संतोष यादव, राममणिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममणिषको कल डिटेलको रेकर्ड मिसिलमा शामिल गरिएको छैन ।’ मृतक दम्पतिको बुहारी अंशु झा, उषा झा, तारा देवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेष्टको रिपोर्ट मिसिलबाट गायब गरिएको अधिवक्ता निरालाले दावी गरे । मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी थिए ।

उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर ११ वर्ष अगाडी अवकाश प्राप्त गरेका थिए । उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गथ्र्यो । र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे । मोसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ वगरामा रहेको एक मोही जग्गाको साक्षीमा बसेका थिए ।

 

गत वर्ष फागुन ११ गते सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउने बाला थियो । तर फागुन १० गते रातिनै उनीहरुको अपहरण भएको थियो । तर प्रहरीले सो जग्गासंग जोडेर कुनै अनुसन्धान नगरेको अधिवक्ता निरालाको भनाई छ । यसका साथै मुसाफिरको नातामा भतिजो पर्ने कैलाशले त्यहीँका ललित झालाई व्यापारका लागि भारतमा ट्रक खरिद गर्न आर्थिक रुपले सहयोग गरेका थिए ।

तर ललितले पछि पैसा फर्काएनन् । त्यसपछि कैलाशले मुसाफिरलाई बोलाई ललितलाई राखेर पंचैती गराउन लगाएका थिए । तर तिमीसंग कागजात छैन, पैसा तिमीले पाउँदैनौँ भनी फैसला सुनाएका कारणले पनि कैलाशले मुसाफिरको हत्या गर्न सक्ने तर्फ अनुसन्धान नै नगरेको हरेन्द्रको परिवारले आरोप लगाएको छ ।

मृतक दम्पतीकै शव एक महिनासम्म थुनामा रहेका कैलाश झाको घरमा जस्ताको ठूलो बाकसमा राखिएको थियो । तर प्रहरीले कैलाश झा अतिरिक्त उनको आमा तारा देवी झा, कैलाशलाई हत्या गर्नका लागि बृद्ध दम्पतिलाई बेहोस पार्न औषधी खुवाउने बृद्ध दम्पतिको ठूली बुहारी अंशु झा लगायतमाथी सही ढंगले अनुसन्धान नगर्नुले प्रहरीको अनुसन्धानमाथी प्रश्न चिन्ह खडा भएको अधिवक्ता निरालाको भनाई छ ।