काठमाडौं । प्रेम गर्नुबाहेक प्रेमको कुनै अर्को उपचार हुँदैन’ भनेका छन् हेनरी डेभिड थोरोले ।

प्रेम एक प्रकारको औषधि पनि हो । प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर, सिमाना केहीले पनि छेक्न सक्दैन भ्यालेन्टाइन भन्नेबित्तिकै नवयुवा–युवती जोडीहरूलाई मात्र ध्यान दिने गरिन्छ ।

तर, वास्तविकता त्यो होइन । वृद्ध–वृद्धा दम्पतीहरू पनि ‘भ्यालेन्टाइन डे’ मनाउन अग्रसर भएका देखिन्छन् ।

त्यसो त ‘भ्यालेन्टाइन डे’ उत्सव युवायुवतीहरूमाझ बढी लोकप्रिय भएको छ । पछिल्लो वर्षहरुमा नेपालमा भ्यालेन्टाइन डेको महत्व बढ्दो रुपमा रहेको छ ।