मधेश टप ,जनकपुरधाम:- 

माघ २७ सर्वोच्च अदालतमा स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकाल पाँच वर्ष घटाउने प्रबल सम्भावना रहेको भन्दै निर्वाचन आयोग विरुद्ध दायर रिट दरपित गरेको छ।

महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर २ बस्ने मेयर संजिव कुमार साहले सो माग राख्दै दायर गरेको रिट सर्वोच्चले दरपित गरिदिएको हो। सर्वोच्चले स्थानीय तह निर्वाचन ऐन २०७३ दफा ४(४)मा उपदफा २ बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ भनेर प्रावधान रहेको र उल्लेखित प्रावधान यथावत रहेकोले बिना आधार रिट दायर गरेकोमा दरपित गरिएको जनाएको छ। स्थानीय तहको निर्वाचन सरकारले तिन चरणमा गरेको थियो ।

तराई मधेसका स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन सम्पन्न गराएको थियो ।यसै आधारमा भंगहा नपाका मेयर साहले आफ्नो कार्यकाल पाँच वर्ष घटाउने प्रबल सम्भावना भएको भन्दै सर्वोच्चमा निर्वाचन आयोग विरुद्ध रिट हालेको थियो ।