जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता  राजेन्द्र महतो भोली जनकपुरधाम आउँदैछन् ।

 

बिभिन्न कार्यक्रममा सहभागी हुन उनी भोलि १०:३० बजे  जनकपुरधाम आउन लागेको पार्टीको युवा संघका अध्यक्ष प्रशान्त झाले बताए ।

 

उनका अनुसार वरिष्ठ नेता  महतोको पार्टीका नेता कार्यकर्ता, युवाहारूले स्वागत गर्ने तयारी गरेका छन् ।